![]()
धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा भएको छ । आज धनगढीमा नेकपा माओवादी प्रदेश कमिटीले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।

मंसिर २५ र २६ गते धनगढीमा हुने सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अत्याधुनिक प्रविधिको माध्यमबाट उद्घाटन गर्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी इन्चार्ज खगराज भट्टले जानकारी दिए । उनले सम्मेलनका लागि मञ्च व्यवस्थापन,ब्यानर, स्टिकर, पम्प्लेट होटल व्यवस्थापनजस्ता सबै आवश्यक तयारी पुरा भएको बताए ।
सम्मेलनकाे बन्द सर्तबाट २२३ जनाको कमिटी निर्माण गर्ने र पछि १० प्रतिशत थप गरेर कमिटीलाई पूर्णता दिने उनले बताए । महिला ३५ प्रतिशत, युवा २० प्रतिशत दलित १५ प्रतिशत सहितको समावेशी कमिटी निर्माण गरेर सम्मेलन सम्पन्न हुने उनको भनाई छ । अबको सम्मेलनले प्रदेशको नीतिगत तथा भौतिक विकासमा समेत भूमिका खेल्ने इन्चार्ज भट्टले बताए।
सम्मेलनमार्फत नयाँ प्रदेश कमिटी चयन हुनेछ। सुदूरपश्चिममा माओवादी केन्द्रका ११ सय बढी प्रतिनिधि छन्।

