Loading

धनगढी/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखले उम्मेदवारी घोषणा गरेका छन् । 

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) र उपप्रमुख शुशिला मिश्र भट्टले सुदूरपश्चिम (महिला)केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

मेयर वडले पार्टी सुदृढीकरण, शसक्त र प्रभावकारी बनाउन आफनो उम्मेदवारी घोषणा गरेको बताए । काठमाडौमा आज केन्द्रीय सह–महामन्त्रीका आंकाक्षी मीन विश्वकर्मासँगै मेयर वडले उम्मेदवारी घोषणा गरेका थिए ।

नगर प्रमुख वडले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणासंगै उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई मतदानको लागि समेत अपिल गरेका छन् ।

मेयर र उपमेयर दुवैजना प्रधानमन्त्री तथा वर्तमान पार्टी सभापति शेरबहादुर देउवानिकट रहेका छन् ।