![]()
काठमाडौं, २२ मंसिर । भारतीय सेनाध्यक्ष विपिन रावतको हेलिकप्टर दुर्घटना मृत्यू भएको छ । उनीसँगै उनकी श्रीमति मधुलिका रावत सहित १३ जनाको मृत्यू भएको बताइएको छ । गू्प पायलट बरुण सिंह भने घाइते अवस्थामा भेटिएका छन् । यसअघि तीनजनाको अस्पतालमा नै मृत्यू भएको बताइएको छ ।
भारतीय सेनाका प्रथम सेनाध्यक्ष (चिफ अफ डिफेन्स स्टाफ) रहेका विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा आज दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई १७ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ । भारतीय इीतहासमा उपल्लो तहको अधिकारी हवाई दुर्घटना परी मृत्यू भएको यो पहिलो घटना हो । उनी नेपाली सेनाका पूर्व मानार्थ सेनापति समेत हुन् ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार थिए । रावत भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ समेत हुन् । उनलाई गत वर्ष जनवरीमा सरकारले सो पदमा नियुक्त गरेको थियो । त्यसअघि उनी भारतीय स्थल सेनाको प्रमुख थिए ।
बुधबार बिहान तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो । बाक्लो कुहिरोका कारण जंगलमा दुर्घटना भएलगत्तै हेलिकप्टरमा आगो लागेको थियो ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा रावत तथा उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डेर र लेप्टिनेन्ट कर्नेल हरजिन्दर सिंह सवार रहेका थिए । त्यस्तै, पीएसओहरू नायक गुर्सेवक सिंह, नायक जितेन्द्र कुमार, लेन्स नायक विवेक कुमार, लेन्स नायक एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।
रावत विलिङ्टनस्थित स्टाफ कलेजमा तालिम लिइरहेका अफिसरहरुलाई सम्बोधन गर्न त्यसतर्फ गएका थिए । भारतीय वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन भन्दै छानबिन गर्न आदेश दिएको छ ।
