Loading

दुर्गाप्रसाद भण्डारी

चितवन, २० मंसिर
नेकपा माओवादी केन्द्र निकट सञ्चारकर्मीहरुको संस्था प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय अधिवेशन विष्णु सापकोटालाई अध्यक्ष चयन गर्दै आइतबार चितवनको भरतपुरमा सम्पन्न भएको छ ।
अधिवेशनको बन्द सत्रले विष्णु सापकोटा जुगलको अध्यक्षतामा १९९ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित गरेको छ । समितिका अन्य पदाधिकारीहरु भने कार्य समितिको पहिलो बैठकले चयन गर्ने बताइएको छ ।
बन्द सत्रमा अध्यक्ष मण्डलका अध्यक्ष गोविन्द आचार्य, निवर्तमान अध्यक्ष महेश्वर दाहाल, उपाध्यक्षहरु खिलाबहादुर भण्डारी, गोविन्द रोका, बलराम थापा, लक्ष्मी पुनले शुभकामना मन्तव्य ब्यक्त गर्दै नयाँ नेतृत्वसहित कार्यसमितिलाई बधाई दिएका थिए ।
बरिष्ठ पत्रकार तथा संगठनका सल्लाहकार कोमल बरालको संयोकत्वमा बनेको यस्तै निर्वाचन समितिका सदस्य बलराम थापाले बन्द सत्रमा केन्द्रीय समितिको प्यानल प्रस्तुत गरेका थिए जस्लाई हलले स्वीकृत गरेको थियो । यस्तै अध्यक्ष मण्डलका सदस्य गोविन्द रोकाले विष्णु सापकोटालाई अध्यक्षमा निर्वाचित गर्न बन्द सत्रमा प्रस्ताव पेस गरेका थिए । बन्द सत्रले सर्वसम्मतिबाट समर्थन गर्दै प्रस्ताव स्वीकृत गरेको थियो ।
बन्द सत्रमा प्रेस सेन्टर नेपालको चितवनको भरतपुरमा आयोजित राष्ट्रिय महाधिवेशनका लागि ‘घोषापत्र मस्यौदा समिति‘का संयोजक दुर्गाप्रसाद भण्डारीले ‘१९ बुँदे चितवन घोषणा पत्र’ प्रस्तुत गरेका थिए । जस्लाई बन्द सत्रले सर्वसम्मति सहित पारित गरेको थियो ।
बन्द सत्रमा नव निर्वाचित अध्यक्ष सापकोटाले प्रतिनिधि तथा कार्यसििमत सदस्यहरुलाई धन्यवाद दिँदै पदाधिकारी समावेशी प्रकारको हुने र कार्यकाल सफल बनाउन सबैको सहयोगको अपेक्षा गरेका थिए । उनले सबैको सहयोग भए संगठनलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
यसअघि अध्यक्ष महेश्वर दाहालले प्रेस सेन्टरको नीतिगत प्रतिवेदन र विष्णु सापकोटाले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्रले केही संशोधन सहति सर्वसम्मतिबाट दुबै प्रतिवेदन पारित गरेका थिए ।