Loading

दुर्गा भण्डारी
चितवन, १८ मंसिर | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो सरकारका समयमा स्वतन्त्र प्रेसमाथि लगाएका अंकुशहरु खरेज गरिने बताएका छन् ।
उनले उक्त कुरा आज शनिबार चितवनको भरतपुरमा आयोजित प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै बताएका हुन् । मेरो प्रधानमन्त्रीसँग कुरा भइरहेको छ स्वतन्त्र प्रेसको पक्षमा आपूm र गठबन्धनको सरकार निरन्तर उभिने छ, उनले भने ।
एकथरी लोकतान्त्रिक गणतन्त्रका उपलब्धीहरु उल्ट्याउन चाहिरहेकाले श्रमजिवी पत्रकारहरुको कलम त्यसका विरुद्ध तिखो भएर चल्नुपर्ने बताए । उनले हिजो जनताका अधिकार जनतालाई दिलाउन बन्दुकको लडाई लड्नु परेको थियोभने आज लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्ष ागर्न कलमको लडाई लड्नु पर्ने आवश्यकता रहेको छ ।
सम्पूर्ण जातजाति भाषा सम्प्रदाय, वर्ण लिंग सहित सबै क्षेत्रकालाई राजनीतिको मूलधारमा ल्याउन चाहेका छौं । युको सही सन्देश अन्तराष्टिय स्तरमा पनि दिन चाहेको तर अझै सफल भइ नसकेको उनले बताए ।
चितवनमा प्रचण्ड छ त्यसै सकारण सबैको रोजाई तिवन नै छ । कतिपय मलाई मानेर आउनेहरु पनि छन् कतिपय मलाई नमानेर आउनेहरु पनि छन् । जसरी आएपनि चितवनको भरतपुर नगरपालिकाको विकास हेरेर फर्किनेहरुलाई धन्यवाद छ उनले भने ।
केपी ओली र नेकपा एमाले महाधिवेशनप्रति लक्षित गर्दै उनले भने, अस्तीको कुम्भ मेलामा केवल मण्डलेकरणको एउटा अभियान मात्रै हो । राजनैतिक चिन्तन र विचार बिनाको त्यो मेला पूरै असफल भएको छ ।
लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र जनपक्षीय शासनव्यवस्था यी तीन कुरा वर्तमान सत्तागठबन्धनका एजेण्डाहश्र हुन् । यिनै एजेण्डामा पाँचदलीय गठबन्धन भएको हो ।
कार्यक्रममा पार्टी निकट जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी कि अध्यक्ष, अनेराष्वियूकाी अध्यक्ष पञ्चा सिंह, प्रेस सेन्टर प्रवास विभाग इन्चार्ज ओम शर्मा, नेपाल पत्रकार महसंघका अध्यक्ष बिपुल पोखरेल, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । प्रेस सेन्टर नेपालका सचिव विष्णु सापकोटाले सञ्चालन गरेको सो कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष महेश्वर दाहालले गरेका थिए ।