Loading

काठमाडौं । अहिले नेपालमा शेयर कारोबार गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता खोल्नेको संख्या पनि बढीरहेको छ ।

अहिले दैनिक धेरै जनाले सेयर भर्नका लागि डिम्याट खाता खोलिरहेका छन् । हालसम्म नेपालमा ४६ लाख भन्दा बढीले डीम्याट खाता खोलिसकेका छन् । बोर्डका अनुसार यसअघि चैत मसान्तसम्म ३२ लाखले यस खाता खोलेका थिए । सोमबारसम्म डिम्याट खाताको संख्या ४६ लाख १८ हजार ६ सय २० पुगेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

यसका लागि इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) लगानीका लागि यो एकाउण्ट बनाउनुपर्ने हुन्छ । यस्तै शेयर लगानी गर्न सर्वसाधारणको उत्साह पनि बढ्दो छ ।

 
facebook sharing button