![]()
काठमाडौं- शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माता टीभीएस मोटर कम्पनीको नेपाली युवालक्षित १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल ‘टीभीएस रेडर’ सार्वजनिक गरेको छ।
नयाँ बाइक सार्वजनिकको अवसरमा बोल्दै टीभीएस मोटर कम्पनीका इन्टरनेसनल बिजनेस अध्यक्ष आर डिलिपले भने, ‘हाम्रा मिलेनियल तथा डिजिटल्ली नेटिभ जेन जी उपभोक्ताका लागि हामीले निरन्तररुपमा श्रेणीकै उत्कृष्ट फिचर्स तथा प्रविधि सुसज्जित उत्पादनहरु उपलब्ध गराउँदै आइरहेका छौँ। हाम्रा नयाँ पुस्ताका उपभोक्तामा उत्साह र आकांक्षा जगाउन हामीले नयाँ सौगातका रुपमा १२५ सीसी क्षमताको टीभीएस रेडर नेपालमा सार्वजनिक गरेका हौँ।’
नेपाल आफूहरुका लागि विशेष प्राथमिकता बोकेको बजारका रुपमा रहेको उनले बताए। ‘यहाँका हाम्रा युवा उपभोक्ताहरुका निम्ति नयाँ उत्पादनहरु पस्कन पाउँदा हामी निकै उत्साहित छौँ। युवा उपभोक्ताहरुले टीभीएस रेडरको विशिष्ट राइड क्यारेक्टरलाई मन पराउने मा हामी विश्वस्त छौँ,’ उनले भने।
