Loading

सडकपुर बौनियाँ, १६ असोज / कैलालीको बर्दगोरियामा नेकपा (माओवादी केन्द्र) निकट थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको भेला शनिवार सम्पन्न भएको छ ।

भेलाले अदल बहादुर चौधरीको अध्यक्षतामा ४५ सदस्य बर्दगारिया गाउँपालिका स्तरिय कमिटी गठन गरेको छ । सो कमिटीको उपाध्यक्षमा अमर सिंह कठरिया, भोजराज चौधरी, सचिवमा राजेश चौधरी, सहसचिवमा खडक चौधरी र कोषाध्यक्षमा प्रेमा देवि चौधरी सहित अन्य सदस्य रहेका छन् ।

कमिटीले पालिकामा संगठन विस्तार, सुदृढिकरण लगायत मोर्चाले अघि सारेका काम कारवाही अघि बढाउने छ ।

नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश सचिव तथा थारु मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा पार्टी प्रदेश सचिव नेप बहादुर चौधरी, केन्द्रीय महासचिव तथा सांसद हरिराम चौधरी, पार्टी कैलाली जिल्ला इन्चार्ज रुपा थारु, शेर बहादुर चौधरी, लाल सिंह सोडारी लगायतको उपस्थिति रहेको थियो ।