![]()
टीकापुर, १६ असोज / नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको टीकापुर नगरपालिका स्तरीय दोस्रो नगर परिषद सम्पन्न भएको छ ।
उक्त नगर परिषदले धनञ्जय ढुंगानाको नेतृत्वमा रहेको नगर सुमिति समेत पुर्नगठन गरेको छ ।
नगर समितिमा अध्यक्ष धनञ्जय ढुंगाना, उपाध्यक्ष प्रेम चौधरी, महिला उपाध्यक्ष कमला पौडेल, सचिव जोगी रावल, सहसचव सावित्रा गौत्तम र कोषध्यक्ष हृदयराज रेग्मी रहेका छन् । यसैगरी सदस्यहरुमा झुमा जैसी भण्डारी, पूर्ण बि.क., धनकृष्ण कोइराला, कृष्ण चौधरी, दुर्गा जैसी रिमाल, धन बहादुर बुढा, खगेन्द्र रिमाल, टंकप्रसाद तिवारी, जित राम चौधरी, प्रकाश चौधरी, महेश चौधरी, नन्दकला धामी रहेका छन् ।
तीन सदस्य पछि थप्ने गरी २१ सदस्य रहेको उक्त समितिले संयोजक पदम ओझा रहेको ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।
नगर परिषदको यसअघि भएको उद्घाटन सत्रलाई प्रमुख अतिथि नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समिति इन्चार्ज खगराज भट्ट, प्रदेश समिति सचिव नेपबहादुर चौधरी, कैलाली जिल्ला इन्चार्ज रुपा थारु, पूर्व सांसद हरि ज्ञवाली, प्रदेश सभा सदस्य अक्कल बहादुर रावल, पार्टी टीकापुर नगर अध्यक्ष खडक शाह, एकीकृत अखिल शिक्षक संगठनका केन्द्रीय सदस्य सुमनकुमार न्यौपाने, केन्द्रीय सल्लाहकार मदन जोशी, स्वास्यकर्मी केन्द्रीय सदस्य करि सिंह भुल, शिक्षक संगठनका जिल्ला सल्लाहकार यज्ञराज ज्ञवाली, टीनपा वडा नं ८ का अध्यक्ष दिर्घ ठकुल्ला लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
परिषदले १० जना शिक्षकहरुलाई सम्मानित समेत गरेको थियो । सम्मानित हुनेहरुमा सुमनकुमार न्यौपाने, मदनराज जोशी, यज्ञराज ज्ञवाली, जगतबहादुर थापा, धर्मराज शर्मा, चन्द्रराम चौधरी, लक्ष्मण चौधरी, सुरज साउँद, जंगबहादुर चौधरी, दुर्गा जैसी रहेका थिए ।
धनञ्जय ढुंगानाको अध्यक्षतामा भएको उक्त परिषदको सञ्चालन जोगी रावल र स्वागत मन्तव्य प्रेम चौधरीले गरेका थिए ।


यस्तै एकिकृत अखिल नेपाल शिक्षक संगठन घोडाघोडी नगर कमिटिको दोस्रो नगर परिषद आज सम्पन्न भएको छ । परिषदले भजन शाहीको अध्यक्षतामा १९ सदस्यीय नगर स्तरिय कमिटी सर्वसम्मत रुपमा गठन गरेको छ ।
सो कमिटीको वरिष्ठ उपाध्यक्षमा मनराज ढकाल, महिला उपाध्यक्षमा सूर्यकला आचार्य उपाध्यक्षमा बेदप्रसाद चौधरी, सचिवमा भिम बहादुर राना, सहसचिवमा भक्त बहादुर बिष्ट सहित अन्य सदस्य रहेका छन् । कमिटीले नगरमा शिक्षा र शिक्षकहरुका समस्या समाधान लगायत संगठनले अघि सारेका काम कारवाही अघि बढाउने छ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन कैलाली जिल्ला सचिब तथा घोडाघोडी नगर अध्यक्ष मान बहादुर रावलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी एकिकृत अखिल नेपाल शिक्षक संगठन कैलाली जिल्ला अध्यक्ष धनबहादुर सिंह रहेका थिए ।
नेकपा (माओवादी केन्द्र) कैलाली जिल्ला संयोजक लाल बहादुर सोडारीको विशिष्ट अथितीत्वमा भएको कार्यक्रममा घोडाघोडी नगर इन्चार्ज लक्ष्मण चौधरी सुयोग, नगर सचिव खर्गेन्द्र हमाल लगायतको उपस्थिती रहेको थियो ।

