Loading

जनकपुरधाम । नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन भएका छन् । पार्टी विभाजनपश्चात पहिलो पटक बसेको बैठकले एमालेको संसदीय दलको नेतामा मण्डल र प्रमुख सचेतकमा किशोरी साहलाई सर्वसम्मत चयन गरेको छ ।

कुनै समय तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा प्रदेशसभामा सबभन्दा ठूलो पार्टी रहेको थियो । तर, दुई पटक भएको विभाजनका कारण अहिले नेकपा एमालेका कुल सांसद आठ जना मात्र छन् ।

एमाले अहिले प्रदेशसभामा पाँचौँ ठूलो पार्टीका रूपमा रहेको छ । एमालेका २१ जनामध्ये १३ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।