![]()
धनगढी / सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
नेपाली कांग्रेसका सभापति शुरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि माधवकुमार नेपालको नेतृत्वमा एमाले छाडेर एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।
निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ गते भदौसम्म मिति निर्धारण गरेको छ । सोही अनुरुप सूदुरपश्चिम प्रदेशका १० जना सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एमाले छाडेर एकीकृत समाजवादी रोजेका हुन् ।
एकीकृत समाजवादी रोज्ने सांसदहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरी रहेको एकीकृत समाजवादीकी केन्द्रीय सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।
यसैवीच भौतिक पूर्वाधार मन्त्री दिर्घबहादुर सोडारी, सांसद तारा लामा तामांग लगायत ३/४ जना प्रदेश सांसद भोलि सनाखत गर्ने बताइएको छ ।
