![]()
काठमाडौं । अभिनेता आर्यन सिग्देल अभिनय रहेको गीति भिडियो ‘जब तिमी राम्री लाग्यो’ सार्वजनिक भएको छ ।
उक्त भिडियो ‘युवा चलचित्रस्’ को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सनुप पौडेलको आवाज रहेको उक्त उक्त गीतमा आर्यनको जोडीको रूपमा किरण चन्दलाई देख्न सकिन्छ । भिडियोमा सहर्ष अधिकारी र स्टेला अधिकारी बालकलाकारको रूपमा रहेका छन् । गीतमा अनिल शर्माको शब्द तथा सुशान्त गौतमले संगीत भरेका छन् । संगीत संयोजन रिकेश गुरुङको रहेको छ ।
विशाल सापकोटाले निर्देशन गरेको उक्त गीतको भिडियोलाई उज्ज्वल जोशीले छायांकन गरेका छन् । डिन्सन शाहले सम्पादन गरेको भिडियोलाई युवा चलचित्रसमार्फत आशिष श्रेष्ठ र केशव खड्काले संयुक्त रूपमा निर्माण गरेका हुन । निर्माण पक्षले चलचित्र अर्जुन रेड्डीको नेपाली रिमेकको प्रिप्रोडक्सनको काम पनि सुरु गरिसकेका छन् ।
यसअघि पनि उक्त रिमेकमा आर्यनको निकै चर्चा रहेको थियो । त्यस समयमा आर्यनले उक्त कुरा नकारे पनि अब भने यो टिममा केही खिचडी पकिरहेको अनुमान लगाउन सकिन्छ । सार्वजनिक भिडियो ‘जब’ लाई उत्कृष्ट प्रतिक्रिया आइरहेका छन् । चलचित्र शैलीमा बनाइएको उक्त भिडियोलाई दर्शकले निकै तारिफ गरेका छन् ।
