Loading

एजेन्सी । अमेरिकी वायुसेनाको सी–१७ विमानभित्र खचाखच भरिएर अफगान नागरिकहरूले आइतवार काबुल छोडेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमेरिकी सेनाबाट उक्त तस्वीर प्राप्त गरेको डिफेन्स वानका अनुसार, विमानमा ६४० जना जति चढेका थिए जुन विमानको भारवहन क्षमताभन्दा निकै बढी हो । अफगानिस्तानबाट निस्कनका लागि अनुमति पाएका अफगानहरू विमानको आधा खुलेको र्‍याम्पबाट भित्र पसेका थिए । उनीहरूलाई विमानबाट निकाल्नुको साटो कर्मचारीहरूले उडाउने निर्णय गरे ।

सोमबार हजारौं मानिस काबुल विमानस्थलमा ओइरिएको र देश छोडेर भाग्न आतुर बनेको दृश्य देखिएको थियो । भीडभाड भएपछि अमेरिकी सुरक्षाबलले गोली चलाउँदा हताहती समेत भएका थिए ।