![]()
काठमाडौं । चार कार एक हेलिकप्टरमा नगद भरी भागेका अफगानी राष्ट्रपति असरफ गानीलाई पक्राउ गर्न माग गर्दै ह्यास्ट्याग इन्टरपोल अरेस्ट गानी ट्रेन्डिङ गरिरहेको छ ।
अन्तर्राष्ट्रिय प्रहरी इन्टरपोललाई आग्रह गर्दै अफगानिस्तानमा सुरु गरिएको ट्वीटर अभियान ट्रेन्डिङ गरिरहेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
तालिबानले काबुल कब्जा गरिरहेका बेला राष्ट्रपति गानीले रक्तपात हुन नदिन भनी पलाययन गरेका थिए ।
तर उनको पलायनका बारेमा अफगानिस्तानका राजनीतिक नेताहरूले आलोचनात्मक टिप्पणी गरेका छन् । रुसी समाचार संस्थाले राष्ट्रपति गानीले चार कार र एक हेलिकप्टरमा नगद भरी भागेको जनाएपछि गानीलाई पक्राउ गर्न यो हयास्ट्याग सुरु गरिएको हो ।
छिमेकी मुलुक उज्बेकिस्तान भएर गानी भागेको भएपनि कहाँ लुकि बसेका हुन त्यसको विवरण भने प्राप्त नभएको हो ।
अफगानिस्तानको राष्ट्रिय मेलमिलापसम्बन्धी उच्चस्तरी परिषद्का अध्यक्ष अब्दुल्ला अब्दुल्लाले जवाफदेह बनाउन ईश्वरले समात्ने र राष्ट्रले न्याय गर्ने बताए ।
