Loading

काठमाडौं – नेपाल धितोपत्र बोर्डमा १६ ओ कम्पनीले आईपीओ निष्कासन अनुमति माग गरेका छन् । १६ कम्पनीले ४ अर्ब ४६ करोड ७७ लाख ६३ हजार ४०० रुपैयाँ बराबरको आईपीओ निष्कासन अनुमति माग गरेको हुन् ।

धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका छन् । पाइपलाइनमा रहेका मध्ये १२ जलविद्युत समूहका, ३ वटा लघुवित्त कम्पनीहरु छन् भने अन्य समूहको १ गरी १६ ओटा कम्पनी आईपीओको अनुमती पर्खेर बसेका छन् ।

साहस उजा लिमिटेडको १ करोड ५ लाख कित्ता, सामलिङ पावर कम्पनीको १२ लाख ३० हजार कित्ता, बुद्धभूमि नेपाल हाइड्रोपावरको १२ लाख कित्ता, दोर्दी खोला जलविद्युतको २९ लाख ५१ हजार ९ सय २९ कित्ता, सयपत्री हाइड्रोपावर ९ लाख कित्ता, बलेफी हाइड्रोपावर, ३६ लाक ५५ हजार ९ सय ४० कित्ता, ग्रीनभेन्चर पावरको ६२ लाख ५० हजार कित्ता, अपर सोलु हाइड्रोको ३३ लाख ७ हजार ५ सय कित्ता, न्यादी हाइड्रोपावरको ४० लाख ५० हजार कित्ता, हिमालयन हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता, बिन्ध्यावासिनी हाइड्रोपावरको २५ लाख कित्ता र ००,००० र मैलर खोला जलविद्यतको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासनको अनुमती माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्तले ३ लाख ८९ हजार कित्ता, जीवन विकास लघुवित्तको १९ लाख ७७ हजार ३ सय, मानुसी लघुवित्तको ३ लाख ९३ हजार ७ सय ५० कित्ता र डिस मिडिया नेटवर्कको २३ लाख ८५ हजार ९ सय २९ कित्ता अनुमतीको पर्खामा बसेका छन् ।