![]()
काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघमा उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
युवा संघका केन्द्रीय उपाध्यक्ष याेगेश साउदसहित सुदुरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्केका हुन ।
आज उपाध्यक्ष साउदले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दै नेकपा एमाले परित्याग गरेकाे बताएका थिए । उपाध्यक्ष साउदलाई अध्यक्ष प्रचण्डले खादा लगाएर स्वागत गरेका हुन । साउदले २६ जना केन्द्रीय सदस्य फर्केकाे जानकारी अध्यक्ष प्रचण्डलाई जानकारि गराएका थिए ।
उपाध्यक्ष याेगेश २०५७ सालदेखि माओवादी आन्दाेलनमा लागेका थिए । जनमिलिशियाबाट माओवादी बनेका साउद नेकपा विभाजन हुँदा लेखराज भट्टसँगै एमालेकाे युवासंघमा उपाध्यक्षकाे जिम्मेवारी पाएका थिए ।
एमालेभित्र लाेकतान्त्रिक अभ्यास र राजनीतिक चरित्र नभएकाेले त्यहाँ बस्न नसक्ने अवस्था सिर्जना भएकाे र गाैरवशाली इतिहासलाई धाेका दिन नसकिने लागेर पुनः माओवादी केन्द्रमा फर्केकाे साउदले बताए ।
