![]()
लुम्बिनी । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले अविश्वासको प्रस्ताव जसरी पनि टेबल हुने बताएका छन् । सभामुख घर्तीले विश्वासको मत लिने र अविश्वासको मतमाथि छलफल हुने प्रक्रिया निर्वाचन प्रक्रिया उल्लेख गर्दै यस्तो बताएका हुन् ।
उनले निर्वाचन प्रक्रियामा मतदाता वा उम्मेदवार नआउँदैमा निर्वाचन प्रक्रिया नरोकिने तर्क गरे। “विश्वासको मत लिने र अविश्वासको प्रस्तावमाथि छलफल हुने प्रक्रिया आफैँमा निर्वाचन प्रक्रिया हो। कुनै पनि एउटा निर्वाचनमा एउटा उम्मेदवार अनुपस्थिति हुन्छ भनेर वा मतदात अन्माउने भनेर निर्वाचन प्रक्रिया रोकिँदैन,” सभामुख घर्तीले भने ।
उनले नेकपा एमालेले बैठक बहिष्कार गर्ने सम्बन्धमा आफूलाई कुनै पनि औपचारिक जानकारी नभएको बताएका छन् ।
