![]()
काठमाडौं । अमेरिकाले उपराष्ट्रपति कमला ह्यारिसका पति डग एमहफलाई टोकियोमा आयोजना हुने पाराओलम्पिकको उद्घाटन समारोहमा भाग लिन औपचारिकरूपमा पठाउने भएको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अगस्ट महिना जापानको राजधानी टोकियोमा आयोजना हुने पाराओलम्पिकको उद्घाटन समारोहमा भाग लिन औपचारिकरूपमा प्रतिनिधिको रूपमा उपराष्ट्रपति ह्यारिसका पतिलाई पठाउने मंगलबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
जापानी प्रधानमन्त्री योशिहिदे सुगाले अमेरिकी राष्ट्रपति बाइडनसँगको कुराकानीमा वैश्विक महामारीका बेला टोकियो ओलम्पिक सम्पन्न गर्न गरेको सहयोग जस्तै अगस्ट २४ देखि हुन लागेको पाराओलम्पिकमा सहयोग गर्न आग्रह गरेको एक दिन पछि ‘दोस्रो अमेरिकी भद्रपुरुष’लाई पहिलो पटक औपचारिक कार्यक्रममा प्रतिनिधि बनाएर जापान पठाउने निर्णय गरिएको हो ।
दुई साता बढी समय लगाएर आइतबार सम्पन्न भएको ओलमिपकमा भाइरसका कारण अभूतपूर्व बन्देज लगाइएको थियो ।
२३ जुलाईमा ओलम्पिकको उद्घाटन समारोहमा अमेरिकाको तर्फबाट प्रथम महिला जिल बाइडन उपस्थित भएकी थिइन् । जिल बाइडनले गरेको सो भ्रमण सन् २०१२ यता उनको पहिलो जापान भ्रमण थियो । पाराओलम्पिक अपाङहरूको सहभागितामा सम्पन्ने हुने गर्छ ।
