Loading

काठमाडौ । बेलायतको विशेष सेनाले रुस र चीन विरूद्धको गुप्त प्रत्याक्रमण कार्यहरू ठोस गरेको रोयल मरिन्स बिग्रडियर मार्क टोटनले ‘द टाइम्स’मा खुलासा गरेका छन् ।

बेलायतको जलसैनिक समूह ‘द ब्रिटिश रोयल मरिन्स’का दुई विशेष एकाइहरू छन् । विशेष हवाई सेवा (द स्पेसल एयर सर्भिस–एसएएस) र विशेष डुङ्गा सेवा( द स्पेसल बोट सर्भिस–एबीएस) । यी दुईले केही उँच्च जोखिम हुन सक्ने देश विरूद्ध प्रत्याक्रमण कार्यको तयारी गरिरहेको टोटेनले बताए ।

ब्रिगेडियर आफैमा ४ हजार सेनाको कमान्ड हो । भविष्यमा कमान्डो फोसको विशेष फोर्स तयार गरिने भएको छ ।
टोटेनले द टाइम्सलाई रुस र चीनको सेनाका विरूको यो तयारी भइरहेको बताएका छन् ।