Loading

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेको नेता वामदेव गौतमले बताएका छन् ।

विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग भएको डिनर मिटिङ कुरा मिल्न नसकेको बताए । ओलीसँग भएको छलफल सार्वजनिक गर्दै गौतमले भने, ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो।’
आफूले ओलीसँग आउन सक्दिन भनेर जवाफ दिएको गौतमको भनाइ छ । शुक्रबार विहान गौतमले  उनले भने, ‘त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए ।’ 

नेपालसँग वार्ता विफल भएपछि वामदेव फकाउँदै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओली र एमाले नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार साँझ ओली र गौतमबीच डिनर मिटिङ भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

ओली र गौतमको डिनरमा कानुन मन्त्री लीलानाथ श्रेष्ठ र प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए। एमालेमा गौतम अहिलेसम्म ओली र नेपाल खनाल पक्षमा खुलेका छैन । आजको भेटवार्ताबाट गौतम ओली समूहमा लागेको उनले आफ्नो फेसबुकमार्फत जानकारी दिए ।
ओलीसँगको सम्बन्ध पदका कारणले बनेको नभइ जमानादेखिको अटुट रहिरहने गौतमको भनाइ रहेको भट्टराईले बताए । भट्टराईले लेखेका छन्, ‘अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !’ नेता माधव नेपालसँग बुधबार र विहीबार भएको छलफल सफल हुन नसकेपछि ओलीले गौतमसँग भेट गरेका हुन् । 
नेपालसँग कुरा नमिलेपछि ओली गौतम फकाउन लागि परेको बुझिएको छ । गौतमले तत्कालीन नेकपा ओली र प्रचण्ड नेपाल समूहमा विभाजित हुँदा नेकपा राष्ट्रिय एकता अभियान चलाएका थिए । २३ फागुनमा सर्वोच्च अदालतबाट नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेपछि गौतमले एमाले राष्ट्रिय एकता अभियान अगाडि बढाएका छन् ।

फागुन २८ गते ओलीले एकपक्षीय रुपमा एमालेको साविकको संरचना हेरफेर गरेपछि विवाद उग्र बनेको छ । ओलीको उक्त कदमको गौतमले पनि चर्को विरोध गरेका थिए । त्यतिबेला गौतमले अब ओलीसँग मिल्ने सम्भावना सकिएको प्रतिक्रिया दिएका थिए । 

विपक्षी दलबाट घेराबन्दीमा परेपछि ओली एमालेका शीर्ष नेतासँग संवादमा जुटेको देखिन्छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव बाबुराम भट्टराई खेमा ओली इत्तर गठबन्धन बनाउन कसिएको छ । जसमा एमालेको माधव नेपाल पक्षको पनि भित्रि समर्थन रहेको लुकेको छैन । केन्द्रदेखि प्रदेशसम्म अप्ठ्यारोमा पर्ने देखिएपछि ओली पार्टीभित्रका नेता फकाउने रणनीतिमा लागेका छन् ।