Loading

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अहिले भारत भ्रमण छन् । उनी भारत भ्रमणमा गएको बेला सारा नेपालीको ध्यान दिल्लीतिर छ । परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणमा सीमा विवादको समस्या समाधान हुन अपेक्षा थियो । तर, यो भ्रमणमा मन्त्री ज्ञवालीले सीमा विवादको विषयमा चर्चा समेत गरेनन् । चर्चामा रहेका लिपुुलेक, कालापानी, लिम्पिआधुराको बारेमा पनि बैठकमा कुरा उठाएका छैनन् ।

उनले समग्र सीमा समस्याका कुरा उठाएका छन् । तर जुन सीमा विवादलाई लिएर नेपाल–भारतबीच दुरी बढेको छ त्यसको बारेमा कुनै चर्चा समेत गर्न आवश्यक ठानिएको देखिएन । मन्त्री ज्ञवालीले कुरा नगरेपछि भारतको तर्फबाट त्यसको बारेमा चर्चा गर्ने कुरा नै भएन । भारतले सुरुदेखि नै सीमा विवादलाई एजेण्डामा राखेको थिएन । नेपाल तयारी अवस्थामा रहेको भन्दै भारतले छलफलको एजेण्डा यस विषयमा बनाएको थिएन ।

आज इण्डियन काउन्सिल वर्ड अफेयर्सले आयोजना गरेको कार्यक्रममा पनि मन्त्री ज्ञवालीले लामो मन्तव्य दिए । तर लिपुुलेक, कालापानी, लिम्पियाधुराको बारेमा चर्चा समेत गरेका छैनन् । बरु त्यो कार्यक्रममा राखिएको ब्यानरमा नेपालको नक्सा राखिएको छ तर नेपालले नयाँ नक्सा राखिएको छैन । पुरानै नक्सा राखिए पनि त्यसमा मन्त्री ज्ञवालीले कुनै प्रतिक्रिया देखाएनन् । भारतका थिंक ट्यांकहरुले आयोजना गरेको सो कार्यक्रमको ब्यानरमा नेपालको नक्सा जानी जानी राखिएको छ । जब कि त्यो ब्यानमा नेपालको नक्सा राख्नुपर्ने कुनै सन्दर्भ नै थिएन ।

भारतले आफूले नेपालले संशोधन गरेको नक्सालाई स्वीकार नगर्ने भनि स्पष्ट सन्देश दिन खोजेका छन् । तर नेपालको तर्फबाट त्यस नक्सा वा ब्यानरप्रति कुनै आपत्ति नै जनाएको  पाइँदैन ।