![]()
जसपाले शनिबार विराटनगरमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक छैन। यो निर्वाचनका लागि होइन, तानाशाही, सर्वसत्तावाद र निरंकुशता लाद्न घोषणा गरिएको हो।’ उनले ओली र उनका सहयोगीले चुनाव नगराउने पनि ठोकुवा गरेका छन्।
‘संसद विघटन हुनेबित्तिकै सरकार कामचलाउ बन्छ’, उनले भने ‘तर, त्यही काम चलाउ हैसियतको सरकार धमाधम मन्त्री थप्छ। यति अनैतिक र असंवैधानिक काम गर्नेले चुनाव गराउनेभन्दा कसैले पत्याउँदैन’, उनले भने ‘ओली अहिले प्रवृत्ति र चरित्रको रूपमा देखापरेको छ। यसको विरोध हुनुपर्छ।’
संसद विघटनको कदम खारेजीको माग गर्दै यादवले संविधान संशोधनले मात्रै अबको समस्या समाधान हुने दाबी पनि दोहोर्याएका छन्।
