![]()
विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले प्रधानमन्त्री ओलीलाई ‘राजनीतिक सकुनी’ को संज्ञा दिएका छन् ।
शनिबार विराटनगरमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले पार्टी, राज्य र कार्यकर्तालाई छल्दै प्रधानमन्त्री ओलीले देशलाई दुरगामी असर पर्ने निर्णयमा पुग्नु ‘सकुनी’को व्यवहार भएको बताए । ‘ओलीको छल्ने राजनीतिक व्यवहारले देश र नागरिकले दुःख पाउने अवस्थामा पुर्याए,’ उनले भने ‘पार्टी, संविधान र व्यवस्था नै नमान्ने ठाउँमा अहिले प्रधानमन्त्री उभिएका छन् ।’
पार्टी र बैठकको निर्णय नमानि विदेशी शक्तिको इसारामा चल्लेकाले प्रधानमन्त्री प्रतिनिधिसभा विघटन सम्मको अवस्थामा पुगेको नेता शर्माको आरोप छ । ‘कतिपय पार्टीको केन्द्रिय समितिले ओली पक्षमानै गरेको निर्णय समेत उनले मानेनन्, हामीले सक्ने जति त्याग गर्दा उनि तानाशाहको पथमा हिडे,’ शर्माले भने ‘यो सबै चलखेल विदेशी शक्तिकै हो यसमा दुईमत छैन ।’
समाजबाद उन्मुख मुलुक निर्माण गर्ने लक्षका साथ राजनीतिक स्थिायित्व कायम गरि समृद्धिको दिशामा अघि बढ्ने लक्षका साथ पार्टी एकता गरीए पनि त्यो लक्षलाई प्रधानमन्त्री ओली आफैले भंग गरिदिएको नेता शर्माले दाबी गरे । उनले भने ‘हामीले जुन लक्षका साथ पार्टी एकता गरेका थियौँ, त्यो लक्ष पुरा नहुँदै ओलीको कदमले एक हुने अवस्था भएन, यसमा हामीले जनतासँग माफि माग्नैपर्छ ।’
प्रधानमन्त्री ओलीले पाटी एकतापछि निर्माण भएको मन्त्रिमण्डलमा नै आफ्नो रुप देखाउन सुरु गरेर प्रतिनिधिसभा विघटन गर्ने अवस्था सम्ममा धेरै पार्टी, संबिधान र व्यवस्था विपरित काम गरेको नेता शर्मा बताउँछन् । ‘सुरुमा एक नेतालाई मन्त्री बनाउँछु भनेर अर्कैलाई बनाए, हामीले यसलाई सामान्य मान्यौ, कसैसँग सल्लाह नगरी कतिपय मन्त्रालय आफु मातहतमा राखे र विदेशी शक्तिसँग विभिन्न सम्झौता गरे यो सबै उनको एकलौटी निर्णय थियो,’ उनले भने ।
अर्को समुहलाई केन्द्रदेखी जिल्ला सम्म भुमिका विहिन बनाउने देखी केन्द्रिय समितिको बैठकमा भएका सर्बसम्मत निर्णयहरु नमानी छुट्टै मदन मण्डारी फाउण्डेसनको नाममा आफ्ना केन्द्रिय सदस्यलाई राखेर पार्टी विरोधी काम गरेर एकतामा ओलीले ठुलो दरार यसरी सुरु गरेको उनले खुलाए ।
प्रधानमन्त्री ओली अब कसैको इसारामा चल्ने कठपुतली भइसकेकाले कुन समय उनलाई हुईँक्याउने हुन् त्यो उनलाईनै थाहा नभएको भन्दै शर्माले आक्रोश पोखे ।
शर्माले प्रधानन्त्रिले चालेको गलत कदमलाई पनि सही भन्नेहरु चेतना हराएकाको समुह भएको आरोप लगाए । ‘के सही, के गलत भनेर कसैलाई सोध्नु पर्दैन, त्यो सबै नेपालीलाई थाहा छ, यसको व्यापक परिभाषा आवस्यक छैन,’ उनले भने ‘तर, आफुसँग प्रश्न गर्न डराउने र सही गलत छुट्याउन नसक्ने चेताना भएका मान्छेहरु त्यसको प्रशंसा गरिरहेका छन् ।’
