Loading

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनका पिताले फ्रान्सेली राहदानीका लागि आवेदन दिने प्रक्रियामा रहेको बताएका छन्। बिहीबार बिहान उनले ब्रेक्जिट सम्मेलनपछि युरोपेली संघसँग सम्बन्ध कायम राख्न आफूले फ्रान्सको राहदानी लिन लागेको बताएका हुन्।  

युरोपियन २०१६ को जनमतसंग्रहमा मतदान गर्ने युरोपेली संसदका पूर्वसदस्यसमेत रहेका स्टानली जोनसनले बेलायतस्थित आरटीएल रेडियोलाई फ्रान्ससँगको पारिवारिक सम्बन्धका कारण फ्रान्सेली नागरिक बन्न चाहेको बताएका छन्। 

‘यदि मैले यो राम्रोसँग बुझें भने म फ्रेन्च हुँ। मेरी आमा फ्रान्स मा जन्मनुभएको थियो, उनको आमा हजुरबुबा जस्तै पूर्ण फ्रान्सेली हुनुहुन्थ्यो। त्यही भएर मैले पहिले नै यसबारे दाबी गरेको हुँ। र यसले मलाई धेरै आनन्दित तुल्यायो’, फ्रान्सेली भाषामा ८० वर्षीय जोनसनले भने।

‘र यो पनि पक्का हो, म सधैं युरोपियन हुनेछु। कसैले पनि बेलायती जनतालाई भन्न सक्दैनन् कि तपाई युरोपियन हुनुहुन्न। युरोपियन युनियनसँग सम्बन्ध राख्नु महत्वपूर्ण छ,’ उनले थपे।

उनका छोरा बोरिस २०१६ को जनमत संग्रहमा ‘लिभ क्याम्पेन’अभियानको व्यक्तित्व थिए। उनी थप्छन्, ‘बेलायत पूर्ण रूपमा सार्वभौम राष्ट्रको रूपमा समृद्धमाथि समृद्ध हुँदै छ।