![]()
टीकापुर / नेपाल कम्युनिष्ट पार्र्टीको टीकापुरमा सोमबार नगरस्तरीय अगुवा भेला सम्पन्न भएको छ ।

नगर अध्यक्ष खडक शाहीको अध्यक्षतामा र वार्टी जिल्ला इन्चार्ज रुपा चौधरीको प्रमुख आतिथ्यमा भएको सो भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरी लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको निष्कर्ष निकालेको छ ।

भेलामा जिल्ला इन्चार्ज रुपा चौधरीले प्रधानमन्त्रीको स्वेच्छाचारी कदमले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा हुन नसक्ने भएकोले उहाँको असंवैधानिक कमदको बिरुद्धमा सडक संघर्ष गर्नु परेको बताइन् । उनले जनताले पाँच वर्षका लागि निर्वाचित गरेको सदनलाई बिघटन गरी मनोमानी पूर्ण तरिकाले अघि बढ्नु तानाशाही प्रवृति भएको बताइन् ।

टीकापुर नगरपार्टी कार्यालय परिसरमा भएको सो भेलाले प्रधानमन्त्रीको कदम विरुद्ध मंगलवार धनगढीमा हुने विरोध प्रर्दशन कार्यक्रममा सहभागी हुने निर्णय गरेको छ । सो कार्यक्रममा उल्लेख्य संख्यामा सहभागी हुन विभिन्न उपसमिति समेत गठन गरेको छ ।
