![]()
न्युयोर्क । प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा प्रतिनिधिसमा विघटनको स्वदेशमा मात्र नभै विदेशमासमेत विरोध भएको छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले आज न्युयोर्कमा प्रधानमन्त्री ओलीको कदमविरुद्ध विरोध प्रदर्शन गरेका हुन ।
संविधानको कु गरेर असंवैधानिक र स्वेछाचारी रुपमा जननिर्वाचित प्रतिनिधीसभा भंग गरेको विरोधमा न्युयोर्कमा विरोध प्रदर्शन गरिएको त्यहाँ बस्दै आएका अधिकारकर्मी डण्डु ढोक्प्याले बताए । अमेरिकामा बसोबास गर्दै आइरहेका नेपालीहरुको संस्था युनाईटेड नेपाली कम्युनिटिज इन अमेरिकाको पहलमा विरोध प्रदर्शन गरिएको हो ।
विरोध जुलुसपछि स्थानीय ज्याक्सन हाइटमा आयोजित कोणसभामा सहभागीहरुले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्री ओलीको गैर् संवैधानिक कदमको विरोध गरेका थिए ।
