![]()
रेशम र लक्ष्मण थारु सहित सात जनालाई जन्म कैद
डोटी । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि घटनाका अर्का दोषी थारूलाई भने जिल्ला अदालत कैलालीले धरौटीमा छाडेको थियो ।

एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात प्रहरी र एक नाबालकको ज्यान जाने गरी विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहटको माग गर्दै निकालिएको जुलुसमा भएको घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीकै निर्णय सदर गरेको हो । उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले टीकापुर घटनामा दोषी देखिएका सांसद चौधरी तथा अर्का नेता थारूलाई जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै फैसला सदर हुने भन्दै जन्मकैदको फैसला सुनाएको हो ।
उच्च अदालतले गरेको निर्णयमा भनिएको छ, “प्रतिवादीहरुमध्ये रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गङ्गाराम चौधरीसमेत जना सातको हकमा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं को कसुरमा सोही महलको १३ (घ) नं बमोजिम जन्मकैद हुने र सोही महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा जनही पाँच वर्ष कैद सजायसमेत हुने ठहर्याई भएको शुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेको देखिँदा सोहीबमोजिम सदर हुने ठहर्छ ।”
मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जिल्ला अदालत कैलालीले प्रतिनिधिसभा सदस्य तथा सांसद चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि जिल्ला अदालतको उक्त आदेशविरुद्ध सांसद चौधरी उच्च अदालत दिपायल राजपुर जानुभएको हो । उच्च अदालत दिपायल राजपुरमा पुनरावेदन गरे पनि सांसद चौधरीलाई सफाइ दिन उच्च अदालतले अस्वीकार गरेको उच्च अदालत दिपायलका निमित्त रजिस्ट्रार सीता रेग्मीले जानकारी दिनुभयो । चौधरीलाई थुनामै रहेको समयमा विसं २०७५ पुस १९ गते सांसद पदको शपथ ग्रहण गराइएको थियो ।
यस्तो छ टिप्पणी आदेश
यसमा प्रतिवादीहरु मध्ये रेशमलाल चौधरी,हरिनारायण चौधरी, प्रदिप चौधरी, विरबहादुर चौधरी, राजेश चौधरी,सीताराम चौधरी र गंगाराम चौधरी समेत जना ७ को हकमा मुलुकी ऐन ज्यान सम्बन्धीको महको १ नं को कसूरमा सोही महलको १३(घ) नं बमोजिम जन्म कैद हुने र सोही महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ बर्ष कैद सजाय समेत हुने ठहर्याई भएको सुरु कैलाली जिल्ला अदालतको मिति २०७५/११/२२ को
फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ।
अभियोग दावीबाट सफाई पाउँ भन्ने निज प्रतिवादीहरुको पुनरावेदन जिकिर र डाँका चोरीमा समेत सजाय गरिपाउँ भन्ने वादी नेपालसरकारको पुनरावेदन जिकिर पुग्न अर्का प्रतिवादी लक्ष्मण थारुले टिकापुर घटनाको योजना बनाई नेतृत्व लिई निर्दोष राष्ट्र सेवक प्रहरी अधिकृत तथा कर्मचारी र नाबालकको ज्यान लिने गरी भएको विभत्स घटना घटाउन घटनास्थलमा उपस्थित समेत भई बचन दिएको तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि भै रहेको अवस्थामा मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ नं। को कसूरमा सोहीमहलको १७९घ० नं.बमोजिम सजाय हुने ठहऱ्याई भएको सुरु अदालतको फैसला मिलेको नदेखिंदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग मागदावी बमोजिम ज्यान सम्बन्धी महलको १ नं को कसूरमा सोही महलको १३९नं. बमोजिम जन्म कैद हुने ठहर्छ ।
साथै निजलाई सोही महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगमा ५ बर्ष कैद सजाय समेत हुने ठहर्छ। अभियोग दावीबाट सफाई पाउँ भन्ने निज पुनरावेदक प्रतिवादीकोपुनरावेदन जिकिर पुग्न सक्दैन । डाँका चोरी तर्फ वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन।अर्का प्रतिवादी संगम भन्ने सन्तोष चौधरी, दिल बहादुर चौधरी र जित बहादुर चौधरी हातहतियार सहित वारदात स्थलमा महजुद रहेको तथ्य स्वीकार गरी बयान गरेकोमा सुरु
अदालतबाट मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ नं. को कसूरमा सोही महलको १७(३) नं. बमोजिम सजाय हुने ठहऱ्याई भएको फैसला मिलेको नदेखिंदा केही उल्टी भईनिज प्रतिवादीहरुलाई उक्त महलको १७ (ज्ञ) नं. बमोजिम जनही १० बर्ष कैद हुने ठहर्छ ।
पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । ज्यान मार्ने उद्योगतर्फ ज्यान सम्बन्धी महलको १५ नं. बमोजिम जनही ५ बर्ष कैद हुने ठहर्छ।प्रतिवादी श्रवण कुमार चौधरीको हकमा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. को कसूरमा सोही महलको १३(३)) नं. बमोजिम जन्म कैद ठहयाई नाबालक भएकोले सो कोआधि सजाय हुने गरी भएको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन।
प्रतिवादी सुन्दरलाल कठरिया, बृज मोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाको हकमा मुलुकी ऐन ज्यान सम्बन्धिको महलको १ नं को कसूर कायम गरी सोही महलको १३(३) नं बमोजिम सजाय हुने ठहन्याई भएको फैसला केही उल्टी भई निज प्रतिवादीहरुको कसूरमा संलग्नताको आधारमा उक्त महलको १७(३) नं बमोजिम जनही ५ बर्ष कैद सजाय हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन। ज्यान मार्ने उद्योगतर्फ सुरु
फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । सफाई पाउँ भन्ने पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन।
प्रतिवादी रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेम बहादुर चौधरीको हकमा निज प्रतिवादीहरुको वारदातमा रहेको संलग्नता अनुसार मुलुकी ऐन ज्यानसम्बन्धिको महलको १ नं को कसूरमा सोही महलको १७(३)नं बमोजिम सजाय हुने ठहयाई भएको सुरु अदालतको फैसला मिलेको नदेखिंदा केही उल्टि भई निजप्रतिवादीहरुलाई उक्त महलको १७(१) नं बमोजिम जनही ५ बर्ष कैद सजाय हुने ठहर्छ। पुनरावेदकहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन।
प्रतिवादी चुन्नीराम चौधरी लाहुराम चौधरी र राम कुमार कठरियाको हकमा मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ नं- को कसूरमा सोही महलको १७(३) नं बमोजिम जनही ३ बर्ष कैद सजाय हुने ठहऱ्याई भएको सुरुको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ। पुनरावेदकप्रतिवादी र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सकदैन।
