Loading

दुर्गाप्रसाद भण्डारी

नेपाल एकीकरणकै क्रममा पृथ्वी नारायण शाहको निधनपछि उनका छोरा प्रतापसिंह शाह राजा भएपछि भारतमा रहेको इष्टइण्डिया कम्पनीले नेपालमाथि गिद्दे दृष्टि लगाएको थियो । यसैक्रममा प्रतापसिंह शाको मृत्यू भयो र उनकी पत्नी राजेन्द्र लक्ष्मी र भाइ बहादुर शाहले एकीकरण अभियानको नेतृत्व लिए । यसैवीचमा चीनसंग युद्द भयो । त्यसै विषयलाई लिएर नेपालको रानीतिमा धुव्रिकरण शुरु भयो । कोही रानीको पक्षमा कोही बहादुर शाहको पक्षमा उभिए । तर पुन केही समय मेलमिलापबाट अघि बढेपनि राजेन्द्रलक्ष्मीको निधनसंगै रणबहादुर शाह राजा बनाइए । भित्रि रुपमा थापा र पाण्डे समूह नै थापा र पाण्डेमा विभाजित हुन लागि रहेका थिए । यसै विचमा इष्टइण्डिा कम्पनीसंग नेपालको लडाई भयो । तर त्यो लडाई पनि नेपालको जीत हुन सकेन अहिलेको भन्दा धेरै भूमि गुमाउनु पर्यो । भित्र विभाजन मनहरुको कारण नै त्यो युद्ध जित्न नसकिएको थियो ।

चौतरिया शेरबहादुर शाह सहित ७९ जना भारदारको हत्या गरेर नेपालको शासकीय सत्ताको प्रमुख पद सम्हालेका प्रथम प्रधानमन्त्री भीमसेन थापाले काजी कालु पाण्डे का छोरा काजी दामोदर पाण्डेलाई हत्या गरेपछि नेपालमा थापा र पाण्डे समूहमा दरबार, भाइ भारदार सहित तत्कालिन गोरखाली सेना समेत बिभाजित हुन पुग्यो । आधुनिक हातहतियारले सुसज्जित अंग्रेजी सेनासँग लामो युद्ध लडेका गोर्खाली सेना भारदारहरुको लडाईसँगै बिभाजित हुन पुगेपछि युद्ध लडेर टक्कर पाएको इष्ट इन्डिया कम्पनीले बिना हातहतियार नेपाललाई जित्यो । नेपालको राज्यसत्तामा उस्को सहजै जित भयो र पहुँच भयो ।
भीमसेन थापा र दामोदर पाण्डेले शुरु गरेको गुटबन्दीबाट थापा पाण्डेको दोहरी सँगै भिमसेन थापाको पतन भयो, उनको हत्या हुनुमा मुख्य भूमिका पाण्डेपुत्र काजी रणजंग पाण्डेको रह्यो ।
समयको गतिसँगै उनको अन्तपनि त्यसरी नै भयो । रणजंग पाँडे लाई थापाका भतिजा माथवरसिंह थापाले सिध्याएपछि आफ्ना सहोदर भान्जा वीर नरसिंह कुँवरलाई अगाडि ल्याए । वीर नरसिंह (पछि अंग्रेजले जंगबहादुर राणाको उपाधि दिएको) उनै बाल नरसिंह कुँवरलाई छोरा थिए जस्ले राजा रणबहादुर शाह को हत्या गर्ने चौतरिया शेरबहादुर शाहको आफ्नो तलवारले टाउको काटेका थिए । उनी जंग बहादुर राणा भिमसेन थापा का भाइ नयनसिंह थापाको छोरीका छोरा थिए अर्थात् माथवरसिंह थापा का सहोदर भान्जा थिए । त्यसैले आफू प्रधानमन्त्री हुने बित्तिकै बिरोधी पाण्डे समूहका सबै सिध्याएपछि भान्जा जंगबहादुर राणालाई भनेका थिए अहिले सम्मका प्रधानमन्त्री कोही पनि कालले मर्न पाएका छैनन् म चाहिँ कालले मर्ने भए भान्जा भनेर । तर माथवरसिंह थापालाई के थाहा कि त्यहाँ पाण्डे थापा बीचको लडाइँ मात्र होइन कि यस कार्यले प्रथाको रुप लिइसकेको छ भनेर । पछि जस्लाई भनेका थिए उनै सहोदर भान्जा बाट माथवरसिंह थापाले मारिनु पर्यो । सेनामा बढुवा गरिदिने प्रलोभन दिएपनि मामालाई नमार्ने अडान लिएका जंगबहादुर लाई महाभारतको लडाइमा अर्जुनल सहितका पाण्डवहरुले राज्य सत्ताको लागि आफ्ना सबै आफन्त र इष्टमित्र समेत मारेको कथा दर्जनौं पल्ट सुनाएर हत्या गर्नका लागि राजी गराइयो ।
यसरी माथवरसिंह थापा को हत्या गरेपछि पनि यो क्रम रोकिएन काजी गगनसिंह, चौतरिया फत्तेजंग, काजी अभिमान सिंह बस्नेत लगायत सयौ भाइभारदार हरुको हत्या गरियो । भण्डारखाल, कोत, अलौ पर्व हरु घटाइए । अन्ततः राज्य सत्ता जंगबहादुरको हातमा पुग्यो । कहाँनिर राणा शासनको जग बसाएका जंगबहादुरको अन्त्य पनि त्यसरी नै भयो यो क्रम रोकिएन निरन्तर रुपमा चलिरह्यो । छिमेकी मुलुक भारतमा शासन गरिरहेको इष्ट इण्डिया कम्पनीको प्रत्यक्ष उपस्थिति नेपालको राजनीतिमा हुन थाल्यो ।
यसै क्रममा १०४ वर्षको राणा शासनको अन्त्य भयो यस बीचमा थुप्रै घटना तथा परिघटनाहरु भए । नमकै पर्व बाट शुरु भएको राणा बिरोधी आन्दोलन ९७ साल (सहीद काण्ड) हुँदै २००७ सालसम्म आइपुग्यो । नेपालको नयाँ बिहानीको शुरुवात भएको नेपाली जनताले आशा गरेपनि तर विकास र समृद्धिको बिहानी भने आउन सकेन । २०१७ सालदेखि २०४६ सालसम्म पञ्चायती व्यवस्था रहेको भएपनि त्यसपछि जनआन्दोलन ले संवैधानिक राजतन्त्र भएको प्रजातान्त्रिक व्यवस्था ल्याए तर जनताका समस्या झन् बढ्दै गए ।
यही पीडावाट गुर्जेका नेपाली जनताले जनपक्षीय वकालत गर्दै जनयुद्ध हालिरहेको नेकपा माओवादीलाई साथ दिए । राज्यसत्तामा मुलभुत परिणाम आएपनि जनताको जीवनस्तरमा भने परिवर्तन हुन सकेन । जनताले नै माओवादी र एमालेको मेल गराए बहुमत दिलाए । २०४८ र २०५६ मा नेपाली कांग्रेस लाई बहुमत दिलाएका तिनै नेपाली जनताले पछिल्लो समयमा नेकपा गठबन्धन लाई बहुमत दिलाए । तर आजपनि जनताको समस्या ज्यू का त्यूँ छ ।‌
भन्न खोजिएको कुरा के हो भने नेपाली राजनीतिमा अहिलेको सत्तासीन नेपाल कम्युनिष्ट पार्टी र प्रमुख विपक्षी दल नेपाली कांग्रेस उहिलेका थापा र पाण्डे समुहको मार्गमा किन जाँदैछन् । थापा र पाण्डेको पतन भएको इतिहास अध्ययन गरेर पनि त्यही ‌मार्गमा जानुले कतै तिनै राणा र थापाहरुले पुनःजन्म लिएका त हैनन् भन्ने पनि लागिरहेको छ । नेपाली स्वभाव त अर्को जन्ममा पनि प्रकट हुन्छ रे ! यदि यस्तै भइरहने हो भने यिनमा सद्बुद्धि आउने होइन भने जनआन्दोलन र जनयुद्ध का उपलब्धि हरु को रक्षा गरिने होइन भने राणाहरूले पनि नयाँ जन्म लिएर आउने छन् । त्यसपछि यस्को दोष कसैलाई दिन मिल्ने छैन ।