![]()
काठमाडौ । सम्पन्न हुन लागेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनको परिणाम जर्ज बुशको जस्तो दोहरिने आंशकाबाट रिपब्लिकन पार्टीका नेताहरूमा चिन्ता रहेको देखिएको छ ।पूर्वी राज्य वर्मोटबाट शुरू भएको मतदान अघि नै करिब १० करोड मतदाताले पहिले नै मतदान गरिसकेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् १९९२ मा दोस्रो कार्यकालका न चुनिएको इतिहास दोहरिन नदिन भरमग्दुर प्रयास गरेका छन । मतदानका बारे गरिएका अधिकांश सर्वेक्षणहरूले ट्रम्प भन्दा उनका प्रतिस्पर्धी जो बाइडन बलिया भएको देखाएका छन । नतिजा फेर्न सकिने स्विङ हुने प्रान्तमा दुबै उम्मेदवारबीच प्रतिस्पर्धा तीखो रहेको देखिएको छ । चुनाव जित्न स्विङ प्रान्तको चुनाव धेरै महत्वपूर्ण हुने गर्छ । गत चुनावमा हिलारी क्लिन्टनले ट्रम्प भन्दा धेरै मत ल्याएर पराजित हुन परेको थियो ।
स्वास्थ्य संकट , आर्थिक मन्दी र एक चरम राजनीतिक विभाजनको बीचमा अमेरिकी जनताले अर्को राष्ट्रपतिको छनौटका लागि अन्तिम मतदान गरेका छन । अधिकांश अमेरिकाका लागि यो मतदान सर्वाधिक निर्णायक मतदानको रूपमा रहेको देखिएको छ ।
३ नोभेम्बरका दिन सन् २०२०मा भएको राष्ट्रपति पदका लागि भएको अन्तिम मतदानका बारेमा कार्यवाहक गृहमन्त्रीले बहुपक्षीय विदेशी हस्तक्षेपको खतराका बाबजुत वास्तविक मतदानका लागि कुनै सम्झौता नभएको बताएका छन । यस अघि ट्रम्प प्रशासकले चीन, रूस, इरान र उत्तर कोरियाको तर्फबाट हस्तक्षेप हुन सक्ने आरोप लगाएको थियो ।
कोरोना महामारीका कारण मतदान प्रक्रिया प्रभावित भएको देखियो । तोकिएको अन्तिम मतदान दिवस नोभेम्बर ३ अघि नै करिब १० करोड मतदाताले मतदान गरिसकेका थिए ।सन्२०१६मा अन्तिम मतदान दिवस अघि ४ करोड ७२ लाख भएको मतदान भन्दा दोब्बर मतदान भएको देखियो । यो वर्ष १६ करोड भन्दा बढी मतदान हुन सक्ने अपेक्षा गरिएको छ ।
अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित र मृत्यु भएको अवस्था हुँदाहुँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना नियन्त्रणका लागि राम्रो उपाय गरेको दाबी गरेका थिए । साथै ट्रम्प सरकारले कोरोनाको आरोप चीनमाथि लगायो । ट्रम्पको पहिलो निर्वाचनका बेला कुनै रूसी एजेन्टले अनलाइनबाट मत चोरेको आरोप लगाइएको थियो । यो चुनाव अभिायनका बेला ब्ल्याक लाइभ्ज म्याटर्स आन्दोलन भएको थियो ।
यो चुनाव परिणामले विश्वको राजनीति स्थितिलाई फेर्ने अपेक्षा कतिपय पर्यवेक्षकको अनुमान छ ।
