Loading

काठमाडौ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा मानवसहितको अर्को रूसी सोयुज अन्तरिक्ष यान उडानका लागि प्रक्षेपण स्थलमा राखिएको छ ।

अर्को बुधबार उडानका लागि तयार राखिएको त्यो अन्तरिक्ष यान कजाख्स्तानको बाइकोनुर कस्मोड्रममा राखिएको छ ।सोयुज–२.१ नामक रकेट र सायुज एमएस–१७ नामक क्रु जहाजलाई आइतबार असेम्बली हलमा लगिएको रूसी अन्तरिक्ष नियोग रोसकसमसले जनाएको छ ।

अन्तरिक्ष स्टेशनमा तीन जना यान हेरचाह गर्ने जाने भएका छन । यो यान उडान नियमित भएपनि यसको विशेषता भनेको यानको गति हो । यो यानलाई अन्तरिक्ष केन्द्रमा पुग्न ३ जति लाग्ने गरि पठाउन लागिएको हो ।

कक्षा प्रयोगशालासम्म मानव सहितको उडानका लागि उडान र अवतरणसम्मको समय ६ घन्टा जति लाग्ने गरेको छ ।

तर सन् २०१८ देखि यसको गतिमा विकास गरिदै गरिएको छ । त्यतिखेर प्रोग्रेस एमएस–०९ करिब ३ घन्टा ४० मिनेटमा पुगेको थियो । बुधबार उडान भर्ने यो अन्तरिक्ष यानसँग कसमनट सर्जेइ रिझिकोभ र सर्जेइ कुद स्भेरच्कोभ र नासाका अस्ट्रोनट क्यालीन रुबिन्स जाने भएका छन ।