Loading

काठमाडौ । स्पेसएक्स स्टारसिप प्रणालीले युद्ध क्षेत्रमा ट्यांक पठाउन सक्ने भएको छ । अमेरिकाको रक्षा विभागले एलन मस्कको लगानीमा स्थापना भएको त्यो कम्पनीलाई कक्षाबाट यस्तो गर्न भनेको छ ।

एक वर्ष अघि स्पेसएक्सका अध्यक्ष र प्रमुख अपरेटिङ अफिसर ग्वाने सटवेलले पेन्टागनलाई स्टारसिपले भविष्यमा कसरी यस्तो प्रणालीले काम गर्ने विषयमा बताएका थिए ।

मंगल ग्रहमा अन्तरिक्ष नौ सेनाले मात्रै होइन पृथ्वीमा कार्गो डिलिभरी गर्न सक्छ ।

अमेरिकाको ट्रान्सपोर्ट कमान्ड ट्रान्सकमले स्पेसएक्ससँग यस्तो विषयको विकासका लागि एक सम्झौता गरेयता यसक्षेत्रमा बलियो आधार खडा भएको छ ।

ट्रान्सकमका कमान्डर जनरल स्टिफन लोन्सका अनुसार सी–१७ बराबरको भारलाई पृथ्वीमा कतै पनि एक घन्टा भित्रै पठाउन सकिने दृष्टिको रक्षा विभागले गरेको छ । कक्षा कार्गोको उडानका लागि महत्वपूर्ण प्रविधिहरू केही समय देखि भइआएका छन । दशकौ देखि यस्तो मोडको यातायात परमाणु युद्धशीर्षका लागि आवश्यक भइरहेको थियो ।

स्पेसएक्ससँग दुईटा सम्झौता यस अवधारणको अध्ययनका लागि गरिएको थियो । एक मार्चमा र अर्को अप्रिलमा यी दुई सम्झौतामा हस्ताक्षर भएका थिए । अमेरिकोको उड्डयन यातायातले रूस र चीनसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको छ ।