![]()
सप्तरी, १६ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिष्ट शक्ति असफल भईसकेकाले नयाँ बैकल्पिक शक्ति निर्माण गर्न लागेको बताउनुभएको छ ।
पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सप्तरीको बोदे बर्साइनमा सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मुुलुकका पुराना शक्तिहरु काँग्रेस र कम्युनिष्ट असफल भईसकेकाले मधेशमा भएका शक्तिहरुलाई एकिकृत गरी पहाडका उत्पीडित शक्तिहरुलाई समेत सेमेटेर सिंहदरबारमा बर्चस्व कायम गर्न नयाँ बैकल्पीक शक्ति निर्माणको अभियान जुटेको बताए ।
“हामीले त्यही भएर राजपासँग एकता ग¥यौं, अन्य शक्तिहरुलाई समेत समेटिन खोज्दै छौं” उनले थपे,“ त्यसैले साना तिना कुराहरुमा बिवाद नगरी पार्टीलाई एकढिका बनाएर लैजानु सबै नेता कार्यकर्ताहरुको दायित्व हो । ”
पार्टी संगठनका कार्यकर्ताहरुमा देखिएको असन्तुष्टीहरुलाई बिस्तारै सम्बोधन गर्दै जाने उल्लेख गर्नुहुँदै अध्यक्ष यादवले पार्टी एकता भएर समायोजनको प्रक्रियामा रहेकाले सबै नेता कार्यकर्ताहरुको सम्माजनक समायोजन हुने बताए ।
संघीय व्यवस्थालाई संस्थागत गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु र फस्टाउँदै गएको भ्रष्टाचार अन्त्य गर्नु अहिलेको आवश्यकता भएपनि संघीय सरकार यी सबै अभिभारा पुरा गर्न असफल भएको आरोप लगाउनुहुँदै अध्यक्ष यादवले काँग्रेस समेत सरकारको लाचार छायाँ भएको टिप्पणी समेत गरे ।
“प्रतिपक्षले सरकारलाई घचघचाउनु पर्नेमा प्रतिपक्ष काँग्रेस आफ्नो भुमिकालाई बिर सरकारको लाचार छाँया बनेको छ” उनले भने,“ त्यही भएर हामी नयाँ बैकल्पीक शक्ति निर्माणको अभियानमा लागेका छौं ।”
जनताको त्याग र संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणन्त्र खतरामा पर्न लागेकोले तत्काल संबिधानमा भएका त्रुटीहरुलाई संशोधन गरी प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नुपर्ने बताए ।
संघीयता कार्यान्वयका लागि अहिलेको संबिधानमा संशोधन आवश्यक रहेको उल्लेख गर्नुहुँदै उनले संशोधन संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
भेलामा पार्टीका नेता तथा प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर सिंह, प्रदेशसभा सदस्यहरु मनिष कुमार सुमन, बिन्देश्वर यादव (बिक्की), नेत्रबिक्रम साह तथा अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
