![]()
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको कर छलीको सवाल राष्ट्रिय सुरक्षाको विषय भएको अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले बताएकी छिन ।
न्युयोर्क टाइम्समा ट्रम्पले कर छली गरेको भनी छापिएको विषय बारे टिप्पणी गर्दै सभामुख पेलोसीले यस्तो बताएकी हुन । सन् २०१६ र २०१७ मा ट्रम्पले संघीय आय कर ७५० अमेरिकी डलर मात्र बुझाएको उल्लेख गरिएको छ ।
ट्रम्पले यो समाचारलाई गलत भनेका छन । गत १५ वर्षमा १० वर्षको आय कर ट्रम्पले नबुझाएको न्युयोर्कले छापेको समाचार सत्य भएको दाबी गरेको छ ।
राष्ट्रपति ट्रम्पले आगामी चार वर्षमा फर्कि आउन बाँकी रहेको ३० करोड अमेरिकी डलर बराबरको ऋणका आफ्नो जमानीमा दिलाएको पनि उल्लेख गरिएको छ । ट्रम्पले विदेशी स्रोतबाट आम्दानी गरेको उल्लेख छ । ट्रम्पले कर छली गरेको आरोप सहितको समाचार नोभेम्बर ३ मा हुने राष्ट्रपति पदको निर्वाचन अघि सार्वजनिक भएको हो ।
एजेन्सीबाट
