![]()
धनगढी, १० कात्तिक/ धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँस्थित सडकबाट करिब १ लाख ४ हजार ३ सय ४० रूपैयाँ मूल्य बराबरको पटाका सहित सोही उपमहानगरपालिका-२ सन्तोषीटोल बस्ने ४१ वर्षीय मिन बहादुर बुच्चा मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१ ज १४८२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारभित्र उक्त मूल्य बराबरको पटाका फेला पारी कारचालक मगरलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत कैलालीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
