![]()
कैलाली/इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुर, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले शुक्रबार भजनी ५ लालबोजीबाट सोही नगरपालिका २ रजबारा बस्ने बर्ष २२ को रुपेश बि.क. र घोडाघोडी ४ सिमथरी बस्ने बर्ष २१ को कुसल गिरीलाई १.७४० ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी १ त्रिवेणीघाटबाट सोही नगरपालिका २ बैयाबेहडी बस्ने १८ बर्षिय किशोरलाई अबैध लागू औषध स्पास नामक १६ ट्वलेट सहित फेला पारि नियन्त्रणमा लिएको छ ।
यसैगरी, इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, कैलालीबाट खटिएको प्रहरी टोलीले बर्दगोरिया ४ मुडा बजारबाट मोहन्याल २ पन्डोन बस्ने बर्ष २३ को सागर शाही र १७ बर्षिय किशोर समेत दुई जनालाई अबैध लागू औषध ट्रमाडोल १६५ क्याप्सुल, एबिल १४३ क्याप्सुल, मोबाइल थान २ र नगद रु ४५ हजार ५ सय सहित फेला पारी नियन्त्रणमा लिएको छ । तीनवटै घटनाका विषयमा थप अनुसन्धान भइएरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
