Loading

टीकापुर/नेपाली सँस्कृति परिषदको आयोजनामा टीकापुरको दौलतपुरस्थित कर्णाली नदी तटमा माघि मेलामा सोमबार बिहान होम(हवन) तथा प्रसाद वितरण गरिएको छ। 

सो अवसरमा हजारौको संख्यामा पुगेका श्रद्धालु भक्तजनहरुले  स्नान गरेको परिषदका अन्तर्राष्ट्रिय महासचिव हर्कबहादुर स्वाँरले बताए । उनले बिहान ४ बजेदेखि हवन ३ बजेदेखि स्नान कार्य शुरु भएको बताए ।

गत वर्षदेखि माघेसंक्रान्तिको अवसरमा कार्यक्रम गर्दै आएको सँस्कृति परिषदले यस क्षेत्रमा पर्यटनको विकासका लागि कर्णाालेश्वर धाम बनाउने योजना लिएको महासचिव स्वाँरले बताए । उनले सनातन धर्म र पर्यटकीय विकास परिषद्को मुख्य लक्ष्य रहेको बताए।

यस्तै हवनको कर्ता बनेका टिकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले आफू नगरपालिकाको प्रतिनिधित्व गर्दै आएको बताए । उनले परिषदले यस क्षेत्रमा धार्मिक तथा पर्यटकीय विकासका लागि चालेको कदम सकारात्मक रहेको बताउँदै सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए।