Loading

 

टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा आजबाट टीकापुरमा औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव शुरु भएको छ ।

महोत्सवको प्रमुख अतिथि माननीय उपप्रधान तथा रक्षामन्त्री पुर्णवहादुर खड्काले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन सत्रमा बोल्दै मन्त्री खड्काले कर्णाली नदी करिडोरको विकासले सुदूरपश्चिम र साविकको मध्यपश्चिमका विभिन्न जिल्लाको विकास हुने बताए । उनले यो मार्ग धार्मिक मार्ग समेत हुने र यसले चीनको भूभाग समेत छुने बताए ।

कुइनेदेखि चिसापानीसम्म १७ किलोमिटर मात्र  भएपनि सवारीसाधनलाई एकघण्टा लाग्ने गरेकोले यहाँकोा जनताले दुःख पाइरहेको बताए । दुई दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले सो मार्गमा पर्ने रुखहरू कटानका लागि निर्णय गरिसकेकोले अब पक्की बाटो चाँडै बन्ने बताए ।

एक अर्को प्रसङ्गमा उनले १० बिघा जग्गाको जग्गाधनी प्रमाण पुर्जा समेत प्रदान गर्ने भए टीकापुरमा सैनिक तालिम केन्द्र खोल्ने बताए । उनले आफू नजिकै भएर पनि टीकापुरमा पहिलो पटक आएको बताए ।

यस्तै टिकापुर विकास समितिको पहिलो इन्जिनियर तथा नगरक्षेत्रको नक्शांकन गर्ने ९३ वर्षीय शंकरनाथ रिमाललाई उद्घाटन सत्रमा सम्मान गरिएको थियो। उनको ससम्मान गर्दै उपप्रधानमन्त्री खड्काले रिमाल इन्जिनियर, चित्रकार, वास्तुविद् लगायत बहुमुखी प्रतिभाका धनी भएको बताए ।

यस्तै शंकरनाथ रिमालले आफूलाई टीकापुरले सम्झिएकोमा खुसी हुँदै पहिले ६० जनाबाट शुरु गरेको टिकापुर नगर अहिले ६० हजार मानिसहरुलाई बोकिरहेको छ प्रचुर सम्भावना भएको यस नगरले आगामी दिनमा ६ लाख जनसंख्या बसाउने छ । सम्मानित हुनुभएकोा रिमाल सुर्य चन्द अंकित नेपाली राष्ट्रिय झण्डाको डिजाइनर समेत हुन् ।

संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीले मागपत्र प्रस्तुत गरेका थिए। वरिष्ठ उपाध्यक्ष रोशन खड्काले स्वागत मन्तव्य गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव नवराज रिमालले गरेका थिए ।