Loading

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा विपक्षी गठबन्धन बाट उम्मेद्वार बनेकी नेपाली काँग्रेसकी ईश्वरी न्यापानेलाई पराजित गर्दै सत्ता गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

संसदमा उपस्थित रहेका २६८ सांसद मध्ये घिमिरेलाई १६७ सांसदले मत पाए दिएभने कांग्रेसकी ईश्वरी न्यौपानेलोई १०० साँसदले मत दिएका थिए। मजदुर किसान पार्टीका साँसद प्रेम सुवाल भने दुवै उम्मेद्वारलाई मत नदिएर तठस्थ बसेका थिए । बिहीबार बसेको बैठकमा दुबैको उम्मेदवारी पेश भएको थियो ।

सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी बाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदले मत दिएका थिए । यस्तै कांग्रेसबाट उम्मेदवार बनेकी न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्र समर्थन गरेको थियो ।

जनता समाजवादी पार्टीले काँग्रेसलाई मत दिने भने पनि अन्ततः सत्ता गठबन्धनका उम्मेद्वारलाई नै मत दिएको हो ।