Loading

‘औद्योगिक, साँस्कृतिक, शैक्षिक, कृषि एवम् पर्यटकीय सम्भावना : समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने मूल नाराका साथ टीकापुर उद्योग बाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को कैलाली क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य रहेकी माननीय रञ्जिता श्रेष्ठले उद्घाटन गरेकी छन् ।

नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष समेत रहेकी सांसद श्रेष्ठले संघद्वारा राखिएका मागहरु पिूरा गर्नका लागि आपूmले पहल गर्ने बताइन् । प्रमुख अतिथिलाई आयोजकले विभिन्न ८ बुँदे मागहरु राखी ज्ञापनपत्र बुझाएको थियो । टीकापुर उद्योग वाणिज्य संघले प्रत्येक महोत्सवमा उद्घाटन गर्न आउने प्रमुख अथितिलाई विभिन्न मागहरु राख्ने गरेको छ ।

यसपटक राखिएका मागहरुमा टीकापुरस्थित हवाई मैदान यथाशक्य सञ्चालन, सत्ती भन्सार कार्यालयमा क्वारेन्टाईनको स्थापना, केराको पकेट क्षेत्र स्थापना, कर्णाली नदी व्यवस्थापन, नेपाल आयल निगमको डिपो कार्यालय स्थापना, यातायात कार्यालय स्थापना, चिसापानी–कुईने–जंगलघाट सडक कालोपत्रे र टीकापुरमा औद्योगिक क्षेत्र स्थापना रहेका छन् ।

तर, टीकापुर कैलाली क्षेत्र नं १ २ र ३ को आधा भाग समेट्ने भएकाले उद्योग वाणिज्य संघले राखेका मागहरुले पथरैया नदी कटान, बाढी र डुबानको विषय, भजनी, जोशीपुरलाई समेट्न नसकेको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत भइरहेको छ ।
यस पटकको महोत्सवमा कृषी प्रदर्शनी, विज्ञान प्रदर्शनी, शिक्षा प्रदर्शनी, थारु गाउँ आकर्षक छन् । महोत्सव अवलोकनका लागि वृद्ध भत्ता पाउने जेष्ठ नागरिकले वृद्ध भत्ता पाउने परिचय पत्रका आधारमा निशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ ।
२०६५ सालबाट टीकापुरमा महोत्सव आयोजना गर्न थालिएको हो । यसपटक गरी टीकापुरमा ११ पटक महोत्सव आयोजना हुँदैछ । महोत्सवले आन्तरिक पर्यटन प्रबद्र्धन, मनोरञ्जनसँगै ब्यापारिक विकास र टीकापुरका सम्भाब्यताको खोजी हुने अपेक्षा गरेको छ । आगामी १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न् प्रकृतिका १५० ओटा स्टल राखिएका छन् ।

महासंघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा स्थानीय, प्रादेशिक र संघीय जनप्रतिनिधिका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।