![]()
टीकापुर/ कैलाली क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्तिका उम्मेदवार अरुणकुमार चौधरी विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार तथा निवर्तमान साँसद झपट बहादुर रावललाई पराजित गरेका हुन् ।
अरुणले २१ हजार ८७१ मत र उहाँका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका उम्मेदवार रावलले १६ हजार १२८ मत ल्याएका छन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भगतबहादुर बडुवालले १५ हजार ११६ मत पाएका छन् भने राप्रपाका भरतसिंह विसीले दुई हजार ७८४ मत पाएका छन् । क्षेत्र नम्बर २ मा ६० हजार ६२९ मत खसेकोमा तीन हजार ६६४ मत बदर भएका छन् ।

यस जितसंगै नागरिक उन्मुक्ति पार्टी कैलालीमा सबैभन्दा ठूलो दल भएको छ । उसले यसअघि कैलाली क्षेत्र नं ३ र १ बाट समेत क्लीन स्वीप दर्गै जीत हासील गरिसकेको छ । यस्तै प्रदेश क तर्फ नेकपा माओवादीका नन्दबहादुर साउँद र एमालेका डेजी पाण्डेलाई हराउँदै उन्मुक्तिका रामेश्वर चौधरी प्रदेश सभामा निर्वाचित भएका छन् । यस्तै प्रदेश ख मा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका कमल बहादुर शाह विजयी भएका छन् । उनले नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन बहादुर थापालाई पराजित गरी विजयी भएका हुन् ।
५ सिट रहेको प्रतिनिधि सभामा ३ सिट र १० प्रदेश सभाको सिटमा पाँच स्थानमा जित्दै नागरिक उन्मुक्ति पार्टी केलालीमा सबैभन्दा ठूलो राजनीतिक दल भएको हो । तीन स्थानमा काँगे्रस, एकएक स्थानमा माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।
