Loading

टीकापुर/प्रतिनिधि सभाको १ सय ६५ तथा प्रदेश सभा ३ सय ३० स्थानमा प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सत्ता गठबन्धनको दल नेपाली काँग्रेसले जितेको छ । निर्वाचन आयोगका अनुसार शुक्रबार राति ९ बजेसम्म काँग्रेसले प्रतिनिधि सभामा ४१ स्थानमा जितेको छ । यस्तै प्रदेश सभातर्फ ७२ स्थानमा जितेको छ भने ३२ स्थानमा अग्रता लिएको छ ।

यस्तै प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभातर्फ ३५ स्थानमा जितेको छ भने १० स्थानमा अग्रता लिएको छ । यस्तै प्रदेश सभातर्फ ५९ स्थानमा जितेको छ भने ३० स्थानमा अग्रता लिएको छ । तर कर्णाली प्रदेशमा भने प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निल भएको छ । यसैगरी सत्ता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ स्थान जितेको छ भने ४ स्थानमा अग्रता लिइरहेको छ । यस्तै प्रदेश सभातर्फ ३४ स्थानमा जितेको छ भने १७ स्थानमा अग्रता लिएको छ । तर सुदूरपश्चिममा भने प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निल भएको छ ।

यसैगरी सत्ता गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभामा प्रत्यक्षमा १० सिट जितेको छ । यस्तै प्रदेश सभामा ८ स्थानमा जितेको छ भने ६ स्थानमा अग्रता लिइरहेको छ । यसैगरी प्रदेश तह खारेजीको माग गर्दै उम्मेद्वारी नदिएको नयाँ दल राष्टिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा ७ स्थान जितेको छ भने १ स्थानमा अग्रता लिइरहेको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा ३ स्थानमा र प्रदेश सभामा ५ स्थानमा जितेको छ । उसले सबै स्थान सुदूरपश्चिमको कैलाली जिल्लाबट जितेको हो । यस्तै अन्य दलहरुले १९ स्थानमा जितेका छन् भने ६ स्थानमा अग्रता लिइरहेका छन् । यसैगरी प्रदेशसभातर्फ ४५ स्थानमा जितेका छन्भने ६ स्थानमा अग्रता लिइरहेका छन् ।

यसैगरी अहिलेसम्मको नतिजा अनुसार समानुपातिक तर्फ १४ लाख ८८ हजार ९९० मत ल्याई एमाले पहिलो स्थानमा रहेको छ यो २७. ८ प्रतिशत मत हो । यस्तै दोस्रोमा नेपाली काँग्रेस छ उस्ले १४ लाख ७ हजार ७६९ मत ल्याएको छ । यो सदर मतको २६.३ प्रतिशत हो । यसैगरी रवि लामिछाने नेतृत्वको राष्टिय स्वतन्त्र पार्टीले ६ लाख ६७ हजार ७५६ मत ल्याएर प्रतिनिधि सभामा समानपातिक तर्फ तेस्रो ठूलो दल बनेको छ । यो सदर मतको १२.५ प्रतिशत हो ।

यस्तै एमालेलाई समाप्त गर्ने भनेर कुर्लने पुष्पकमल दाहल नेतृत्वको नेकपा माओवादी केन्द्र चौथो स्थानमा झरेको छ । उसले सदर मतको ११.८ प्रतिशत मत ल्याउँदै ६ लाख २९ हजार ८६५ ल्याएको छ । यस्तै राजेन्द्र लिंगदेन नेतृत्वको राप्रपाले ३ लाख ३८ हजार ६५५ मत ल्याएर पाँचौ दल बनेको छ । यो उसको कुल सदर मतको ६.३ प्रतिशत मत हो । राप्रपाले यसपटक थ्रेसहोल्ड कटाइसकेको छ ।

यसैगरी अन्य दलहरुको मत ८ लाख २७ हजार ५०६ रहेको छ जुन सदर मतको १५.४ प्रतिशत हो ।अहिलेसम्मको परिणाम अनुसार थ्रेसहोल्ड कटाउने दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्टिय स्वतन्त्र पार्टी, राष्टिय प्रजातन्त्र पार्टी मात्र रहेका छन् । अघिल्लो निर्वाचनमा राष्टिय मान्यता पाएका दलहरु जनता समाजवादी र राजपा(हाल लोसपा)ले ३ प्रतिशत मत ल्याउन सकेका छैनन् ।

यसैगरी एमाले समाप्त हुसन्छ भन्दै कुर्लन्े अर्का नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ३ प्रतिशत मत कटाउन सकेको छैन ।