Loading

टिकापुर /टिकापुर सामुदायिक पुस्तकालयमा पछिल्लो समयमा विविध कारण पाठकहरुको संख्या न्यून हुदै गएकोले पाठक वृद्धि गर्नका लागि पुरस्कारको व्यवस्था गरिएको छ ।
शुक्रबार पुस्तकालयको सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराए अनुसार टीकापुरको बौद्धिक सम्पत्ति, सम्पुर्ण बर्गका लागि अध्ययन सामाग्री उपलब्ध भएको ठाउमा पाठकहरुको संख्यामा कमि आएको जनाएको छ ।
पाठकहरुको संख्या वृद्धिका लागि नियमित पाठकहरुमा उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गरिएको हो । पुरस्कारका लागि टिकापुर सरोकार समूहको मासिक १० हजार आर्थिक सहयोग दिने भन्दै पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशी र सरोकार समूहका अध्यक्ष प्रशान्त अर्यालवीच शुक्रबार सहमति भएको छ । सहमति पत्रमा दुवै अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।
नियमित÷उत्कृष्ट पाठकलाई पुरस्कारको ब्यबस्था अनुसार पठन संस्कृति पुरुष्कार सम्झौता कार्यक्रम सुरु गरिएको जनाइएको छ । पुरस्कारको मापदण्ड पुस्तकालय ले निर्धारण गर्नेछ ।
उक्त कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउनका लागि सबैको सल्लह र सुझाव समेत माग गरिएको छ ।