![]()
लमजुङ/प्रेस सेन्टर नेपालकी लमजुङ सचिव एवं पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणका कारण निधन भएको छ ।
लमजुङ सुन्दरबजार नपा भोटेवडारमा रहेको रेडियो भोटेवडारमा समाचार सम्पादन सहायक र समाचारवाचिका रहेकी अधिकारीको उपचारको क्रममा चितवनमा निधन भएको हो ।
रेडियो भोटेवडारको समाचार शाखामा कार्यरत अधिकारीको २३ बर्षको उमेरमा बुधबार विहान साँढे ६ बजे निधन भएको हो । सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मंगलबार बेंसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिएको थियो । समस्या बढ्दै गएपछि मंगलबार राती उपचारको लागि नयाँ चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो ।
मेडिकल कलेजमा बिहानपख पुगेर भर्ना गराई उपचार थालिएको र उपचारको क्रममा बुधबार बिहान साँढे ६ बजे डाक्टरहरुले निधन भएको घोषणा गरेका थिए । उहाँमा डेंगु संक्रमण रहेको र निरन्तर बान्ताका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएको पारिवारिक स्रोतले जनाएको छ ।
अधिकारीको निधनमा पत्रकार महासंघ लमजुङ र प्रेस सेन्टर नेपाल लमजुङ र गण्डकी प्रदेश समितिले पनि शोक वक्तव्य जारी गरेका थिए ।
