![]()
नेकपा एमाले निकट प्राध्यापकहरुको संस्था नेपाल प्रगतिशील प्राध्यापक संगठन, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलनबाट टिकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक आत्माराम अधिकारीको अध्यक्षतामा २५ सदस्यीय सुदूरपश्चिम प्रदेश कमिटी गठन भएको छ ।
बुधबार सम्पन्न प्राध्यापकहरुको प्रथम सम्मेलनले उक्त समिति चयन गरेको हो । अधिकारीको अध्यउक्षतामा चयन उक्त समितिमा उपाध्यक्ष करन सिंह साउँद, सचिव प्रकाशचन्द्र बडू, सह-सचिव युवराज जोशी, कोषाध्यक्ष जानु चौधरी रहेका छन् ।

यसैगरी सदस्यहरुमा रघुविर भट्ट, सुरेशकुमार हमाल, आत्माराम खतिवडा, पदम बहादुर बिष्ट, हरिसिंह साउँद, परमानन्द अर्याल, बिर्केश बहादुर थापा, गंगाप्रसाद रिजाल, पदम सिंह धामी, लक्ष्मीराज जोशी, हर्षबहादुर चन्द, सुरेन्द्र बहादुर बम, रमेशसिँह साउँद, टिकाराम खरेल, रामबहादुर पौडेल, चन्द्रप्रकाश पोखरेल र जयन्ती जोशी रहेका छन् ।
