Loading

टीकापुर/ पछिल्लो समय आएको बाढीमा परि मृत्यू भएका कैलाली र कञ्चनपुरमा चारजनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
सोमबार साँझ एकनजरलाई प्राप्त भएको जानकारी अनुसार कैलालीको भजनी नगरपालिका-९ पहलमान टोलस्थित नालामा सोही ठाउँ बस्ने २५ वर्षीय बिनोद राजी आइतबार मृत अवस्थामा फेला परेका छन् । उनी भदौ ३१ गतेदेखि हराई बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा स्थानीय नालाको पानीमा शव फेला परेको हो ।

यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका-१० पत्थरघाट दोदा नदी नजिक उखुबारीमा नाम, थर, वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै कञ्चनपुरकै लालझाडी गाउँपालिका-१ डाडाबिचुवास्थित दोदा नदी नजिक उखुबारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीया महिला र अन्दाजी ३० वर्षीय पुरुषको शव आइतबार फेला परेको छ ।