Loading

कञ्चनपुर/नेकपा माओवादी केन्द्रकी नेता एवं पूर्वमन्त्री बिना मगर र उनका स्वकीय सचिव दुवै यसपटकको निर्वाचनमा उम्म्ेद्वार सिफारिस भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई प्रतिनिधि सभामा र उनका स्वकीय सचिव (पिए) लाई प्रदेश सभामा सिफारिस गरेको हो।
कञ्चनपुर १ प्रतिनिधिसभाका लागि पूर्वमन्त्री मगर प्रत्यक्षतर्फ सिफारिस हुँदा उनका स्वकीय सचिव दीपक प्रसाद तिमिल्सिना प्रदेश सभाका लागि सिफारिस भएका छन् । माओवादीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीले उनीहरुको नाममा सिफारिस गरेको हो। प्रदेशसभा सिफारिस हुने पूर्वमन्त्रीका स्वकीय सचिव तिमिल्सेना माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य पनि हुन्।
प्रत्यक्षतर्फ उनी सर्वसम्मत भने सिफारिस भएनन्। उनीसँगै कञ्चन गिरी, दीपक बिसी (आदर्श), भक्ता राना, लोकेन्द्र लम्साल पनि सिफारिस भएका छन्। प्रदेश सभा क मा पाँच जना सिफारिस हुँदा ख तीन जना सिफारिस भएका छन्। यहाँ सिफारिस हुने पुष्कल चौधरी, राजेन्द्र जोशी र रामलाल राना हुन्।