Loading

टीकापुर/टीकापुर उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि चक्रपाणी सापकोटा र तपेन्द्र स्वाँरको नेतृत्वमा दुईवटा छुट्टाछुट्टै समूह चुनावि मैदानमा उत्रिएका छन् । सापकोटा हाल संघका उपाध्यक्ष हुन् भने स्वाँर महासचिव हुन् ।
आर्थिक समृद्धिका लागि सँगसँगै भन्ने मुल नाराका साथ सापकोटा प्यानल चुनावि मैदानमा छ । उनको प्यानलमा उद्योग उपाध्यक्षमा जगतराज चौधरी, वाणिज्यतर्फको उपाध्यक्षमा कृष्णप्रसाद बजगाई, महासचिवमा परमानन्द पाण्डेय, सचिव तपेन्द्र कुँवर र कोषाध्यक्षमा हरिलाल डगौंरा थारु रहेका छन् ।
यसैगरी सदस्यहरुमा पृक्ष्वीराज ढुंगाना, प्रकाश उपाध्याय, हेमन्त रावल, बमबहादुर ओली, विनोद शर्मा बरही, दुर्गा साहु, नमराज देवकोटा र हंसराज रावल रहेका छन् । यसैगरी महिला सदस्यमा पार्वती कुमारी चौधरी, दलित सदस्यमा माया वागदास र जनजाति सदस्यमा जीतबहादुर चौधरी रहेका छन् ।
यसैगरी स्वाँर समूहका पदाधिकारीहरुमा उपाध्यक्ष उद्योगतर्फ सन्तोष खड्का, वाणिज्यतर्फ नैनसिंह के।सी।, महासचिवमा नवराज रिमाल, सचिवमा दीपेन्द्र रावल, कोषाध्यक्षमा लोकेश साउँदको नाम रहेका छन् ।
यसैगरी सदस्यहरुमा लालबहादुर चौधरी, हरि कुश्मी, डम्बर कडायत, चित्रध्वज ठकुल्ला, देवप्रसाद जैशी, नेत्रबहादुर बिष्ट रहेका छन् । दलित महिलामा माया वागदास र जनजाति सदस्यतर्फ बीरूप्रसाद भगोरियालाई रहेका छन् । यस पटक संघमा कूल १ हजार १ शय ६३ मतदाता रहेका छन् ।