Loading

काठमाडौं/नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने तर्क अघि सारेका छन्।
महामन्त्री शर्माले कुनैपनि व्यक्ति एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन्।
शनिबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले राजनीतिलाई सिंहदरबारबाटै रुपान्तरण गर्नुपर्ने तर्क अघि सार्दै उनले भने, ‘एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटकपटक दिनु हुँदैन।’
एक अर्को प्रसंगमा उनले राजनीतिमा दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने बताए । ‘दलहरुले आ(आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गर्दा त हुन्छ, तर एक अर्काप्रति दुश्मनी साँध्ने गरी अभिव्यक्ति दिनु राम्रो होनइन।’
युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको र त्यसनिम्ति मुलुकमा काम भइरहेको दाबी समेत गरे । सरकारी कामकारवाही ढिलासुस्ती भएको जनगुनासो बढ्दै गएको भन्दै उनले जनताको कामलाई सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।