Loading

टीकापुर । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) काज सरुवा गरेको छ । आइतबार गरेको काज सरुवामा ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

जसअनुसार कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलिप घिमिरे पठाइएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।