Loading

पदाधिकारी सहित बहुमतमा कोइराला पक्ष
टीकापुर । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा संस्थापन पक्षकी उम्मेद्वार अनिता बिन्दु र भुवन भट्टलाई पराजित गर्दै शेखर कोइराला समूह निकटका उम्मेद्वार शिव लम्साल विजयी भएका छन् ।
यही साउन ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौडामा भएको नवौँ महाधिवेशनले लम्सालको नेतृत्वमा आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । निर्वाचनमा लम्सालले ७४५ मत प्राप्त गर्दै अनितालाई १३३ मतले पछि पारेका हुन् । पराजित अनिताले ६१२ मत पाएकी थिइन् भने भुवन भट्टले केवल १२ मत पाएका छन् ।
यसैगरी वरिष्ठ संस्थापन उपाध्यक्षमा प्रेम केसी(६८५)विजयी र सरोज अधिकारी(६६५) पराजित भएका छन् । उपाध्यक्ष खुलामा नकुल अर्याल(७७५), भिष्म ओझा(६४०) विजयी र राममणि दाहाल तथा शेखर रेग्मी पराजित भएका छन् । यस्तै महिला उपाध्यक्षमा सलोजा दाहाल (७२०)र कल्पना शर्मा (६१९) मत ल्याएर विजयी भएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा समावेशीतर्फ दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका थिए । प्रदेश उपाध्यक्षमा प्रदेश १ बाट डिल्लीराम खतिवडा (प्रदेश १), मधेश प्रदेशमा अनिलकुमार कर्ण(६४८), बाग्मती प्रदेशमा मुरारी अधिकारी(६७१), गण्डकी प्रदेशमा ऋषिकान्त पौडेल(६७३), लुम्बिनी प्रदेशमा माधव अर्याल(७०१), कर्णाली प्रदेशमा राजेन्द्रबहादुर कार्की(६६९), सुदूरपश्चिम प्रदेशमा प्रेम चुँदारा(५५२) र उपत्यकामा जीवनराम भण्डारी(८४२) मत ल्याई निर्वाचित भएका छन् ।
महासचिव दिलीप पौडेलले ८७८ मत ल्याइ विजयी भएभने उनका प्रतिष्प्रर्धी जगन्नथ दुवालले ४५१ मत मात्रै ल्याएका छन् ।
उपमहासचिव खुलातर्फ ३ पदमा कमल पन्त(५७७), युवराज गौतम(७३७) र रवीन्द्र सुवेदी(५५८) ल्याउँदै निर्वाचित भएका छन् । यस्तै उपमहासचिव महिला २ पदमा दिलिपाश्री अधिकारी(६८१) र सुलोचना गौतम(६९०) निर्वाचित भएका छन् । उपमहासचिव समावेशीतर्फ अभयकुमार राई(७१३) मतसहित निर्वाचित भएका छन् ।
खुला सचिवको चार पदका लागि भ्उको निर्वाचनमा केदारप्रसाद दाहाल(६७७), खगेन्द्र भण्डारी(६४८), तीर्थराज बस्नेत(५८०) र भुवन शर्मा (६३७) निर्वाचित भएका छन् । महिला सचिवतर्फ ३ जनाको लागि भएको निर्वाचनमा पुष्पा शर्मा (६४४), मेनुका ढुंगाना (८०१) र रेजिना गौतम (६३९) निर्वाचित भएका छन् ।
सचिव आदिवासी जनजातितर्फ लालकुमार मोक्तान(७४१), सचिव मधेशीतर्फ अजित तिवारी, सचिव दलिततर्फ राजन रूचाल, सचिव पिछडिएको क्षेत्रतर्फ एलपी देवकोटा, सचिव थारूतर्फ सहदेव चौधरी, सचिव खसआर्यतर्फ युवराज रेग्मी निर्वाचित भएका छन् । साथै सचिव अनलाइन माध्यमतर्फ छायाचन्द्र भण्डारी, सचिव रेडियो माध्यमतर्फ नरहरि सापकोटा, सचिव टेलिभिजनतर्फ अशोककुमार तिवारी, सचिव छापा माध्यमतर्फ राधा खनाल निर्वाचित भएका छन् ।
यस्तै कोषाध्यक्षमा माधव धितालले ६७४ मत ल्याएर विजयी भएभने प्रतिष्पर्धी रमेश वाग्ले पराजित भएका छन् ।
आठ वर्षअघि २०७१ भदौमा पोखरामा भएको महाधिवेशनमा देउवानिकट बद्री सिग्देल लम्साललाई हराउँदै युनियन अध्यक्ष थिए । ८ वर्षपछि लम्साल अहिले अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका छन् । तर, नवौँ महाधिवेशनमा भने संस्थापन इतर पक्ष हावि हुँदै अधिकांश पदाधिकारी र कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।